दफा
कोष स्वशासित संस्था हुने
– (१) कोष अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(२) कोषको कामकारबाहीको लागि आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) कोषले व्यक्तिसरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) कोषले व्यक्तिसरह आफ्नो नामबाट नालिस उजूर गर्न र कोषउपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।